अनियमितता

तालिम सञ्चालन गर्नुपर्ने रकम अनियमितता गर्ने ११ विरुद्ध अख्तियारमा मुद्दा

इकागज | भदौ २६, २०७९

काठमाडौं– चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । तालिमका लागि आएको रकम अनियमितता गरेको आरोपमा त्यसमा संलग्न ११ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित उक्त विद्यालयलाई आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो । 

तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

उजुरी उपर अनुसन्धान हुँदा उक्त परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना र प्रतिष्पर्धा आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम संचालन गर्न दिएको खुलेको छ । 

छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता  तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ । 

निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याउने नियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ।  

 

ठेक्कामा ‘सेटिङ’ भएपछि लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश

इकागज | भदौ २१, २०७९

रुपन्देही - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपु...

नक्कली भ्याट बिल बनाएको अभियोगमा भारतीय नागरिकसहित तीनविरुद्ध मुद्दा दायर

इकागज | भदौ १९, २०७९

काठमाडौँ - राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगम...

खोलाले तार-जाल बगाएको झुठा मुचुल्का बनाउँदै रकम हिनामिना गर्नेहरूविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १७, २०७९

काठमाडाैँ- तटबन्धन आयोजनामा झुठा बिल बनाउँदै भ्रष्टाचार गरेको अभियोगमा भू तथा जलाधार कार्यालय मु...

अदालतकै रजिष्ट्रारले स्थायी शिक्षक श्रीमतीलाई आफ्नै अफिसमा पनि नियुक्ति गरी भ्रष्टाचार गरेपछि‍‍‍...

इकागज | भदौ १६, २०७९

काठमाडौं– उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवालमाथि स्थायी शिक्षिका रहेकी श्रीमतीलाई आफ्नै...

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गुठी संस्थान र मालपोत कर्मचारीसहित ३१ जनाविरुद्ध आरोपपत्र दायर

इकागज | भदौ १०, २०७९

जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा गुठी सं...

गुठी कार्यालयका तत्कालीन प्रमुखसहित ३१ जनाले सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेपछि...

इकागज | भदौ ९, २०७९

काठमाडौं – विभिन्न ओहोदाका सरकारी कर्मचारीहरु विरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरी भोगच...