अनियमितता

कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज | असार २०, २०८१

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।  

कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।  

त्यसमा अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरुद्ध मुद्दा दायर भएको हो । 

बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि मुद्दा दायर भएको हो । 

टाइल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएको थियो । फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै थियो। तर त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए । 

अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको कामभन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ । 

काठमाडौँ महानगर : भारत भ्रमणमा जनप्रतिनिधि र कर्मचारीले गरे २० लाख बढी सके

इकागज | असार १९, २०८१

काठमाडौँ- फोहोर व्यवस्थापन सम्बन्धी अध्ययनका गर्न भारत पुगेका काठमाडौँ महानगरपालिका १२ जनप्रतिनिधि र ६ ज...

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

इकागज | असार ९, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मु...

बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने अख्तियारको तयारी

इकागज | असार ९, २०८१

काठमाडौँ – मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा...

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त ...