अनियमितता

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

इकागज | मंसिर ८, २०८१

गुल्मी - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ । 

आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो । पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उदेश्ले गुल्मीमा जिल्लास्तरीय रुपमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराएका थिए ।  कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 
 

कर छलेको आरोपमा पथरीको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी

इकागज | मंसिर २, २०८१

काठमाडौँ- मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी...

प्रचण्डसहित १३ जनाविरुद्ध लडाकू शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

इकागज | कात्तिक १३, २०८१

काठमाडौँ -  माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको ...

सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

इकागज | असोज ४, २०८१

सिरहा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थान...

अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी

इकागज | भदौ ३०, २०८१

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवा...