अनियमितता

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर

इकागज | भदौ १९, २०८१

जनकपुरधाम - खाद्यप्रविधि तथा गुण नियन्त्रण  कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत  खाद्यपदार्थ  उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ । उक्त कार्यमा संलग्न उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको छ ।

कार्यालयले उद्योगको नमूना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो । मधेश प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको  सो कार्यालय अन्तर्गतका कार्यालयले  विभिन्न उद्योगबाट उत्पादित  सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । 

अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७  खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए । तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले  उक्त अवधिमा खाध अनुज्ञापत्र  वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

 कार्यालय अन्तर्गत मधेश प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । त्यहाँबाट बजारको अनुगमन तथा नमूना संकलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए । 

 दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नुन, दाल, दलहन, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमूना जाँच गरिएको कार्यालयले जनाएको छ ।रासस

इलामको माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्दा दायर

इकागज | भदौ १२, २०८१

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्का...

क्यान्सर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

इकागज | साउन ३१, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा क...

यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

इकागज | साउन ३१, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्य...

पूर्वाधार विकासका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

इकागज | साउन १४, २०८१

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर हिराबाबु थापासहित तीन जना...