साहित्य

नेपाल लिटरेचर फेस्टिभल

कविता : भावना पोख्ने सकारात्मक माध्यम

इकागज | फागुन ४, २०८०

पोखरा- ​‘म त रित्ता हातमा हतियार बनाइदिन्छु 
तिमी होली भन म दिवाली बनाइदिन्छु 
शब्दका पोखरी यसरी खनाइदिन्छु
मेरै कुरामा हो हो बनाइदिन्छु ’

कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रूपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना सुबेदी पनि कुण्ठा पोख्ने सकारात्मक माध्यम कविता रहेको सुनाउँछिन् । 

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानुन अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो- कानुन र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ? 

कानुन र साहित्य भिन्न नभएको उनको विचार थियो । दुवै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी । 

‘मैले कानुन र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैनथ्यो भने कानुनकै एउटै शब्द छ गाली बेइजती सायद गाली बेइजतीले धेरै व्यक्तिहरू जेलमा हुन्थे होला, उनले भनिन्,‘ साहित्यकै मार्फत विभिन्न विम्ब प्रतीकको प्रयोग गरेर आफ्नो रिस क्रोधलाई पनि सकारात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’ 

अञ्जना जस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुची राख्ने सहाराको साहित्यिक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशील उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने । 

‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी सुरु भयो साहित्य,’ उनले सुनाइन् । 

सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागी भइन् । त्यसपछि आफ्नो साहित्यिक यात्रा सुरु गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् । 

‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुसी हुनुपर्ने रहेछ कि त एकदम नै दुखी तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शीर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’ उनले भनिन् । 

कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन् । आफ्नो रुची अनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी । 

‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तोमा लेख्न मनपर्छ रुची जे मा छ त्यसमा लेख्दा हुन्छ म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’ उनले भने । 

कविताले शब्द मार्फत समाजपनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?’ प्रश्नमा उत्तर दिँदै अनुपम रिजाल कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ । 

‘पाठ्यकपुस्तकमा कविताहरू राखिन्छ नि त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ यो लेबलको कविता । १० सम्म पढेको कविता सामान्य लागेका ११ मा गएर लेबल अप भयो भिन्न लाग्यो त्यो किसिमको शब्द चयन चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’ उनले प्रश्नको उत्तर दिँदै भने । 

चाहे पाठ्यपुस्तक मार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । जसैमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुची दिलायो । 

‘एन प्याब्सनको बाल बृहत् कविता प्रतियोगितामा भाग लिएको थिएँ । मैले पनि त्यहाँ वाचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुसी लाग्यो । सोचेको पनि थिइनँ । साहित्यमा नजिकिएको व्यक्तिपनि थिइनँ । दगं परेँ । मलाई कविताप्रति रुची बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाइन् । 

साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरूको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीका कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अन्जना सुबेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रूपमा थिए । 

सम्झनामा बालकृष्ण सम

इकागज | माघ २४, २०८०

काठमाडौँ- नेपाली नाट्यसम्राट बालकृष्ण सम (विसं १९५९-२०३८) को १२२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना...

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

इकागज | पुस २९, २०८०

काठमाडौँ- यस वर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ...

राप्रपाको कविता प्रतियोगिता : रुकुम पश्चिमका उमेशले जिते एक लाख

इकागज | पुस २५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण श...

गजल

आँखामा कुर्सी ,हातमा  झण्डा ,बाटो छोड्नुस । मागेर दान ? लुटेर चन्दा ? बाटो छोड्नुस । बाटो यसर...