साहित्य

देशभरका स्रष्टाहरूलाई नेपाली लेखक संघले भन्यो – स्थानीय निर्वाचनमा कांग्रेसलाई मत हाल्नु

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- नेपाली लेखक सङ्घले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई भोट हाल्न आग्रह गरेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सङ्घले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न देशभरका स्रष्टालाई कांग्रेसलाई मत हाल्न अनुरोध गरेको हो ।

आइतबार विज्ञप्ति निकालेर सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले देशमा गैर लोकतान्त्रिक शक्तिको बोलवाला रहँदासम्म लोकतन्त्रको सुदृढ हुन नसक्ने बताएका छन् । नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको संस्थागत सुदृढीकरणका लागि लोकतान्त्रिक प्रणालीको सुदृढीकरण आवश्यक रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गर्न कांग्रेसलाई भोट हाल्नुपर्ने उनको ठहर छ । अभिव्यक्ति स्वतन्त्रताको वकालत, नेपाली समाज र संस्कृतिलाई अग्रगमनतर्फ डोर्‍याउ नेपाली लेखक सङ्घको २००७ सालमा स्थापना भएको थियो ।

सिर्जना कर्मका माध्यमबाट मानवीय मूल्यको संरक्षण तथा सामाजिक लोकतन्त्रको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको छ । लोकतन्त्रवादी स्रष्टाको साझा मञ्च रहेकाले यस संस्थाले देशमा मुख्य राजनीतिक परिघटनामा समेत आफूलाई संलग्न गराउँदै आएको छ ।

लेखक संघका पूर्व सचिव घनेन्द्र ओझाले सङ्घलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाउनुपर्ने धारणा राखे । उनले वीपीको मार्ग दर्शनलाई मानेर साहित्यलाई मान्नुपर्ने बताए ।

'वीपीको विचार मान्छु भन्ने स्रष्टा वीपीको राजनीतिक विचार मान्ने हो,' उनले भने,' साहित्यिक धार होइन! यसर्थ लेखक सङ्घ काङ्ग्रेसीहरूकै संस्था हो!'

 

 

 

कथा : ठेगाना

निरूपा प्रसून | बैशाख १०, २०७९

स्वभावैले छिट्टै विचलित हुने मान्छे हुँ म तर आज कुन तत्वले यस्तरी स्थिर तुल्याएको छ मलाई ? आइपर्ने हरेक प...

आन्दोलनमा योगदान दिनेलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान

इकागज | चैत ३०, २०७८

काठमाडौँ - वरिष्ठ साहित्यकार वैरागी काईँलाले विभिन्न तीन स्रष्टालाई लोकतान्त्रिक जनआन्दोलनमा निर्वाह गरेको...