प्रमुख समाचार

साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनलको समीकरण पूरा

इकागज | भदौ ७, २०८१

काठमाडौँ- राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेको हो । पराजित भएसंगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ ।

त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ भने साबिक विजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।

चाडपर्व लक्षित गरी खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन

इकागज | भदौ ७, २०८१

काठमाडौँ- संसदीय समितिले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था...

बहिनीलाई डाक्टर बनाउन पहाडी सडकमा बोलेरो हाँकिरहेकी १९ वर्षकी छेकी शेर्पा

इकागज | भदौ ७, २०८१

इलाम- छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकी...

सेनाले खुलायो जागिर

इकागज | भदौ ७, २०८१

काठमाडौँ- नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी)मा भर्ना खुलाएको छ । शुक्रबार एक सूचना जार...