प्रमुख समाचार

गोरखामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

इकागज | भदौ ७, २०८१

गोरखा- गोरखामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उनका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी)रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन् । उनको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह

इकागज | भदौ ६, २०८१

काठमाडौँ- सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न ...

माओवादी बागमती परामर्श बैठक : पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव

इकागज | भदौ ६, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव द...

समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने

इकागज | भदौ ६, २०८१

काठमाडौँ- स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धत...

'भुक्तानी प्रदायक कम्पनीलाई भ्याट छुटको दायराबाट हटाउँदा सेवाग्राही मर्कामा परे'

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीलाई भ्याट छुटको दायराबाट...