प्रमुख समाचार

मुलुकभर सार्वजनिक बिदा

विभिन्‍न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

इकागज | असोज ३, २०७९

काठमाडौं - नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । 

वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गरेको छ भने सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक पहल र प्रयत्‍न गरिरहेको छ ।

दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । 

 

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।
 

गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजनिक

धनबहादुर गुरुङ | असोज २, २०७९

पोखरा- गण्डकी विश्वविद्यालयले रणनीतिक योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीम...

'देश र अदालतको माया हुनेले हामीलाई सरकारको दमनबाट उन्मुक्ति दिलाउन साथ दिनुस्'

इकागज | असोज २, २०७९

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पह...

शे-फोक्सुण्डोमा विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने

इकागज | असोज २, २०७९

काठमाडौँ-  शे-फोक्सुण्डोमा विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी महिलाले एक सातासम्म पदयात्रा गर्ने ...

२४ करोडमा विश्वकप प्रसारण अधिकार किन्‍न लागेको भन्दै टेलिकम कर्मचारीको आपत्ती

इकागज | असोज २, २०७९

काठमाडौँ - आगामी मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा विश्व कप २०२२ का ६४ वटै खेलको ...

सरकारले चोलेन्द्रको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गर्‍यो : ओली

इकागज | असोज २, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जब...

राष्ट्रिय मानवअधिकार आयोगको टोली पुग्यो प्रधानन्यायाधीशकाे निवासमा

इकागज | असोज २, २०७९

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ...