प्रमुख समाचार

वर्तमान गठबन्धन सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आयाे : प्रधानमन्त्री

इकागज | असोज १, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै सरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको समेत बताए । उनले प्रतिपक्षी दलको नेताले अहिलेको सरकारलाई परमादेशको सरकार भन्ने गरेको भन्दै संसद् नै परमादेशबाट आएको र जसका कारण प्रतिपक्षी र सत्तापक्ष संगै काम गर्न पाइरहेको तर्क गरे ।

देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी पनि गरे ।

प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिराेमा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए । 

सरकार बल भएपछि जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक मूल्यमान्यतामा चलिरहेको छ : ओली

इकागज | असोज १, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारी दमन चर्को रूपमा ...

संसद्‍मा ओलीले भने : निर्वाचन आयोग सत्तापक्षबाट नलतारियोस्, निष्पक्ष बनोस्

इकागज | असोज १, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय निर्वाचन आयोग सत्तापक्ष...

प्रतिपक्षी दलको नेताले पहिले बोल्न नदिएकोमा देउवाप्रति ओलीको व्यंग्य

इकागज | असोज १, २०७९

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलको नेतालाई पहिले बोल्न नदिएको भन्दै द...

डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा नारा- माफियाको मिसन, सिटामोलमा कमिसन

इकागज | असोज १, २०७९

काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि का...

दुई पटक विघटनको सिकार भएको प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल मध्ये रातिबाट सकिँदै

इकागज | असोज १, २०७९

काठमाडौँ - प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल आज सकिँदै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध...

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई सात लाख जरिवानासहित कारबाही

इकागज | भदौ ३१, २०७९

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम गत वैशाख ३० गतेको स्थानीय ...