प्रमुख समाचार

गठबन्धनमा भागबन्डा लगाएपछि मात्रै कांग्रेसले संघ र प्रदेशको उम्मेदवार चयन गर्ने

इकागज | भदौ २१, २०७९

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् । उनले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए ।

गृहमन्त्री खाणले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले भागबन्डाको टुंगो लगाउन सोमबारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताए ।

उनले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमति जुट्न नसकेको स्पष्ट पारे ।

 

भारतीय सेनाले भेटे प्रधानमन्त्री देउवा, नेपाल-भारत सैन्य सम्बन्धबारे छलफल

इकागज | भदौ २१, २०७९

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवास...

कांग्रेस बारामा सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

इकागज | भदौ २१, २०७९

बारा। नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले...