प्रमुख समाचार

नवलपरासी पूर्वमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

इकागज | भदौ २२, २०७९

काठमाडौँ- नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । 

ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

‘नवलपरासी (पुर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स–साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ । 

बेलायतको तेस्रो महिला प्रधानमन्त्री बनेकी लिज ट्रस को हुन् ?

इकागज | भदौ २२, २०७९

लन्डन - लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थ...

एमालेले निर्वाचनमा गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन नगर्ने : पाेखरेल

इकागज | भदौ २१, २०७९

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले निर्वाचनमा वर्तमान सत्ता गठब...

विद्युत् प्राधिकरण र नेपाल सेयर मार्केटसहित १७ संस्थालाई सम्पत्ति कर बुझाउन महानगरको दशदिने अल्टिमेटम

इकागज | भदौ २१, २०७९

काठमाडौँ- सम्पत्ति कर नबुझाउने १७ संस्थालाई काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर बुझाउन निर्देशन दि...