गम्भीर रोगको उपचार गराइरहेका बिरामीहरूलाई खर्चका लागि निवेदन दिन महानगरको आह्वान
काठमाडौँ- गम्भीर रोगको उपचार गराइरहेका बिरामीहरूलाई काठमाडौँ महानगरपालिकाले औषधि उपचार खर्चका लागि निवेदन दिन आह्वान गरेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, उपचार गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई खर्च लिन महानगरले सूचना जारी गरेको हो ।
नेपाल सरकारको मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, उपचार गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूले लामो समयसम्म उपचार गराउँदा आर्थिक भार पर्न जान्छ । बिरामीहरूलाई औषधि उपचार बापत मासिक ५ हजार रुपैयाँ खर्च उपलव्ध गराउनको लागि निवेदन आह्वान गरेको छ ।
महानगरमा स्थायी बसोबास गर्ने मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, उपचार गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका तर नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकालाई आ-आफ्नो वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।