प्रमुख समाचार

बाहिर हल्ला भए जस्तो देशमा राजनीतिक संकट आउँदैन : प्रचण्ड

इकागज | भदौ १०, २०७९

विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए । उनले भने, 'विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।'

अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट गरे । उनले भने, 'बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।' आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उनले स्पष्ट पारे । उनले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिए । 

नेपाली कामदारलाई रोमानिया पठाउन श्रम मन्त्रालयले यसरी गर्दैछ सहजीकरण

इकागज | भदौ १०, २०७९

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया...

महाअभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिले भन्यो- जबरा विरुद्धका प्रमाण र कागजात उपलब्ध गराऊ

इकागज | भदौ १०, २०७९

काठमाडौँ- महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्ध भएका प्रमाण, क...

साउनमा १०१ देशसँग नेपालको वैदेशिक व्यापार : ८४ देशसँग घाटा, १७ देशसँग नाफा

इकागज | भदौ १०, २०७९

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार ग...

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० राष्ट्र, कुन देशसँग कति घाटा ?

इकागज | भदौ १०, २०७९

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ ...

बालेनमाथि खनिए महेश बस्नेत, भन्छन्-  मेरो घरको नक्सा हेर्न मन भए काजमा सूर्यविनायक आउनुहोला

इकागज | भदौ १०, २०७९

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) माथि ख...