प्रमुख समाचार

प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

इकागज | भदौ ११, २०७९

बुटवल-  प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । शनिबार नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसँगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए ।

बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । यो सभाहल सञ्चालनमा आएसँगै जाडो होस या चर्को गर्मी तथा वर्षाको बीचमा खुल्ला आकासमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्नेछ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।

बुटवल उपमहानगरपालिका- १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।

 

एनआरएनए एशिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी हुँदा पूर्वअध्यक्षहरू आएनन्

इकागज | भदौ ११, २०७९

बैंकक- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवार...

तीजमा पशुपति : वर्तालुलाई चार ठाउँबाट प्रवेश गराइने,  मन्दिर परिसरको फोटो खिचे जरिवाना

इकागज | भदौ ११, २०७९

काठमाडौँ- हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिस...

तीन हजार घुससहित यातायात व्यवस्था कार्यालयका इन्जिनियर र विचौलिया पक्राउ

इकागज | भदौ ११, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तीन हजार घुससहित एक इन्जिनियर र विचौलियालाई पक्रा...