प्रमुख समाचार

बुटवल-पाल्पा सडक दुई दिनदेखि अवरुद्व

इकागज | भदौ १७, २०७९

बुटवल- बिहीबारदेखि अवरुद्ध बुटवल-पाल्पा सडक खुलाउने प्रयास अझै सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।

बिहीबार साझदेखि डाइभर्सन गरि सडक खुलाउने प्रयास जारी रहे पनि रातिदेखि परेको वर्षाले  काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बिहीबारदेखि सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरूलाई अर्घाखाँचीका विभिन्न सडक हुँदै गन्तव्यमा जान भनिएको छ भने स्याङ्जा पोखराबाट आएका सवारीहरूलाई मुग्लिन नारायणगढको सडक हुँदै जानका लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक खुलाउनका लागि शुक्रबार आज बिहानैदेखि प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए । सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरूको प्रयोग गर्न उनको आग्रह छ ।

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

इकागज | भदौ १६, २०७९

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदव...