प्रमुख समाचार

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

इकागज | साउन १३, २०७९

स्याङ्जा- स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । 

जिल्ला अदालतको स्रेष्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा धेरै रहेका छन् । अघिल्लो आव २०७७/७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा दुई सय ४० फछ्र्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८/७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिए । तुलनात्मकरुपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ ।

“अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्”, रेग्मीले भने, “यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन् ।” अदालतमा एकसय ३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए । पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् ।

“वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्”, उनले भने, “सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहँुदा बेसाहारा बन्ने समस्या देखिएका छन् ।” जिल्ला अदालतले आव २०७८/७९ मा ६३.११ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । रासस

बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी

इकागज | साउन १३, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसि...

कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा दिइने

इकागज | साउन १३, २०७९

सुर्खेत- कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने ...

४ वर्षअघि बढेको भाडा अहिले माग, उद्योगीहरु आन्दोलन जाने

सरिता दाहाल | साउन १२, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिल...

काठमाडौंमा अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालाे झण्डा [फाेटाे फिचर]

अनुज बज्राचार्य | साउन १२, २०७९

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई युव...

मयुरधाप औद्योगिक क्षेत्र निर्माण चाँडै थालिने उद्योग मन्त्री बडूको आश्वासन

सरिता दाहाल | साउन १२, २०७९

मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बागमती प्रदेशको राजधानी ...