प्रमुख समाचार

स्वतन्त्रबाट विजयी गाउँपालिका अध्यक्ष केसी माओवादीमै फर्किए

इकागज | जेठ १७, २०७९

सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसी माओवादी केन्द्रमै फर्किएका छन् । आज एक कार्यक्रमकाबीच माओवादी केन्द्र कर्णाली प्रदेशले केसीलाई सम्मान गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै केसीलाई सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेका हुन् । माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले स्वतन्त्रबाट विजयी महेश पार्टीमै फर्किएको जानकारी दिइन् ।

‘उहाँ स्वतन्त्रबाट विजयी भएपनि अहिले पार्टीमै फर्किनुभएको छ र हामीले सम्मान गरेका हौ’ प्रदेश अध्यक्ष केसीले भनिन् । कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी १ हजार ८ सय २२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत ल्याएर पराजित भएका हुन् ।

प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

इकागज | जेठ १७, २०७९

काठमाडौँ- नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्य...

‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने  र मिरुनाले माफी माग्नुपर्ने भन्दै विकास बोर्डमा ज्ञापनपत्र

इकागज | जेठ १७, २०७९

काठमाडौँ-  ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले सिभिल मलमा फिल्म हेर्न गएका फुर्वा ...

विष्णु पौडेलको टिप्पणी : बजेटले आर्थिक संकट अन्त्य होइन थप जटिलता ल्याउँछ

इकागज | जेठ १७, २०७९

काठमाडौँ- नेकपा एमाले उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बज...

प्रहरी महानिरीक्षक नियुक्ति विवाद : एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा

इकागज | जेठ १७, २०७९

काठमाडौँ- प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ ।  न्यायाधीशद्व...