प्रमुख समाचार

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछः प्रधानमन्त्री देउवा

इकागज | जेठ १६, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताएका छन् । 

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताए । 

उनले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एशियामै अग्रणी मुलुक रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष्ट गर्दै राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिता र उपस्थितिका लागि पनि सरकार क्रियाशील रहेको अवगत गराए । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाली महिलाले मताधिकार पाउनका लागि पनि अग्रज महिलाले संघर्ष गरेर अधिकार हासिल गरेको उल्लेख गर्दै राज्यका सबै निकायमा भविष्यमा ५० प्रतिशत महिला सहभागिताका लागि लाग्नुपर्ने बताए । 

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाई भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गरे । उनले तेजाब आक्रमणकारी विरुद्धको अध्यादेशलाई विस्थापन गर्न चाँडै कानुन ल्याउन पनि माग गरे । 

कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायतले शोषित, पीडित महिलाका लागि हकअधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने बताए । 

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चिततालगायत चार बुँदे महिला अधिकारका सवालमा सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले विसं २०७६ देखि राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो ।
रासस

काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण (फोटो फिचरसहित)

अतिन आचार्य | जेठ १६, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शप...

प्रहरी निरीक्षक मंगल श्रेष्ठको नेतृत्वमा दुर्घटनास्थल पुगे सुरक्षाकर्मी

इकागज | जेठ १६, २०७९

म्याग्दी- तारा एयरको जहाज दुर्घटना भएको स्थानमा हेलिकोप्टरबाट सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका त...

'केही शव भिर र खोंचमा फसेको छ, ठाउँ अप्ठ्यारो भएकाले संकलनमा समस्या भयो'

इकागज | जेठ १६, २०७९

पोखरा- तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् ।...

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास, रोयल फोर्स एयरको विमान भएको थियो पहिलो दुर्घटना

इकागज | जेठ १६, २०७९

काठमाडौँ- पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्‍विनअटर ‘नाइन एनएइटी’ विमान...

गण्डकीमा बजेट : कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म

इकागज | जेठ १६, २०७९

गण्डकी- सरकारले अघि सारेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति ज...

यार्सा टिप्न जानेले भेटेका थिए दुर्घटनाग्रस्त तारा एयरको विमान

इकागज | जेठ १६, २०७९

म्याग्दी - पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ ग...