प्रमुख समाचार

कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

इकागज | जेठ ४, २०७९

उदयपुर- उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

दुर्घटनाका घाइतेमध्ये मोरङको बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षिय देवेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ । 

घाइतेहरुमा मोरङ बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका चालक ३१ वर्षिय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षिय सागर घिमिरे र ३५ वर्षिय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

दुर्घटना हुनेबित्तिकै  प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । 
 

निर्वाचनमा धाँधली भयो, निर्वाचन आयोग मूकदर्शक भएर बसेको छ :  लक्ष्मणलाल कर्ण

इकागज | जेठ ३, २०७९

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप ...

गठबन्धन सफल भएन, कांग्रेस-माओवादीले सेटिङ गरेर लाभ लिए : बाबुराम भट्टराई

इकागज | जेठ ३, २०७९

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाली कांग्रेस र ...