स्थानीय तह निर्वाचन
धादिङमा गठबन्धन र एमालेबीच टक्कर
काठमाडौँ- स्थानीय चुनावको लागि धादिङमा सत्तारूढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । ३० गते हुने चुनावको लागि दुवै तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सत्तारूढ गठबन्धनअन्तर्गत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।
जसअन्तर्गत धुनिबेसी नगरपालिकामा सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले पाएको छ। समाजवादीबाट बालकृष्ण आचार्यलाई उम्मेदवार बनाएको छ। आचार्य यसअघि पनि मेयर थिए । त्यस्तै उप-मेयर कांग्रेसको भागमा परेको छ। कांग्रेसले उप-मेयरमा सुरज उप्रेती उम्मेदवारी दिएका छन्।
त्यस्तै नीलकण्ठ नगरपालिकामा भीमप्रसाद ढुङ्गानाले उम्मेदवारी दिएका छन्। ढुङ्गाना यसअघि पनि नीलकण्ठ नगरपालिका प्रमुख रहेका थिए । नीलकण्ठ उपमेयरमा माओवादी केन्द्रको भागमा परेको छ। नीलकण्ठको मेयर पदमा एमालेबाट गंगा श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । त्यस्तै एमालेबाट उपमेयरमा फन्द्रा तामाङले उम्मेदवारी दिएका छन् ।
गंगाजमुनामा गाँउपालिकामा भक्त बहादुर लामा, नेत्रावती डबजोङमा गाँउपालिकामा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, सिद्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा रामप्रसाद विडारीलाई कांग्रेसले उम्मेदवार बनाएका छन् ।
गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुविभ्यालीमा रामसिंह तामाङ, वेनिघाट रोराङमा कृष्ण बहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरा सुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्रबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
सत्तारूढ गठबन्धनकै तर्फबाट समाजवादीले गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । श्रेष्ठ दुवै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी हुन् ।
समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्म बहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टोप बहादुर श्रेष्ठ, सिद्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएका छन् । समाजवादीले गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारैजना नयाँ अनुहार हुन् ।
एमालेबाट
एमालेले धुनीबेंसी नगरपालिकामा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएका छन् ।
थाक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्र विक्रम बस्नेत र अम्बिका खतिवडा, वेनिघाट रोराङमा देवप्रसाद त्रिपाठी र हिरादेवी रेग्मी, सिद्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएका छन् ।
त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल, नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विना कुमारी मम्बा, गंगाजमुनामा भक्त बहादुर लामिछाने र एञ्जिला तामाङ, खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुविभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन् ।