प्रमुख समाचार

सहमति अनुसार ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ : रमेश लेखक

इकागज | असार २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।'

लेखकले संसदीय दलको बैठकले कांग्रेस-एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धता जनाउने निर्णय गरेको जानकारी दिए ।

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

इकागज | असार २२, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा ...

देशभर वर्षा

इकागज | असार २२, २०८१

काठमाडौँ- मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश...

युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिड्‌दै

इकागज | असार २२, २०८१

काठमाडौँ- जारी युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समय ...

सिद्धार्थ, विपी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो

इकागज | असार २२, २०८१

काठमाडौँ - अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा न...