प्रमुख समाचार

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : कोइराला

इकागज | असार २१, २०८१

चितवन​- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् । 

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए । उनले भने, 'दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।'

सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए । विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिए । 

एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे ।

गृहसचिव अर्यालद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

इकागज | असार २१, २०८१

काठमाडौँ- गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जि...

सहमतिपछि खुल्यो ताला

इकागज | असार २१, २०८१

गण्डकी- डुबान प्रकोपको दीर्घकालीन नियन्त्रणको मागसहित पोखरा महानगरपालिका–३२ का स्थानीयले वडा कार्य...

कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज | असार २०, २०८१

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार...