प्रमुख समाचार

वर्षाले विद्यालय हाताभित्रै 'पोखरी' बनेपछि पठनपाठन अवरुद्ध

इकागज | असार २०, २०८१

रौतहट- रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।

जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठाभित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिकालाई कठिनाई भएको छ ।

दुर्गा भगवती- १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ/दुई फिटसम्म पानी जमेपछि विस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताए ।

विद्यालय तथा विद्यालय प्राङ्गणभन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा हुँदा पनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन् ।

वर्षातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जेखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिए । वर्षौंदेखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँपालिकासँगै शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्यूँकात्यूँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरे ।

स्थानीय निकायले शिक्षा जस्तो संवेदनशील विषयमा गम्भीर नहुँदा सयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरूले गुनासो गरे गर्न थालेका छन् ।

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारीका सञ्चालकलाई विभागको निर्देशन

इकागज | असार १९, २०८१

काठमाडौँ - सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने भन्द...

सत्ता समीकरण परिवर्तनले मुलुकको परिवर्तन नै खतरामा पर्छ : देव गुरुङ

इकागज | असार १९, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्टाउ...

रविलाई महामन्त्री ढकालको प्रश्न : बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ सभापतिज्यू ?

इकागज | असार १९, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा...

केन्द्रीय समिति बैठकमा पेश गर्न नदिइएको रास्वपा महामन्त्रीको प्रस्तावमा के छ ?

इकागज | असार १९, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापत...