प्रमुख समाचार

टी-२० विश्वकप : अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

इकागज | असार ६, २०८१

काठमाडौँ- दक्षिण अफ्रिकाले सुपर आठ अन्तर्गतको खेलमा अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्वाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्वाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङ्‌ल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।

ललितपुर महानगरले सबै वडामा स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

इकागज | असार ५, २०८१

काठमाडौँ- ललितपुर महानगरपालिकाले सबै वडाहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । बुधबार म...

संसद्‌मा पुग्यो विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएको बिषय, खतिवडाको प्रश्न- पूर्वराष्ट्रपतिको सेवा सुविधा के हुन्छ ?

इकागज | असार ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फ...