प्रमुख समाचार

विदेशबाट फर्किएर ११० रोपनी जग्गामा घाँस खेती गरिरहेका गोपाल

इकागज | असार ४, २०८१

तम्घास (गुल्मी)- गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । ३९ वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन् ।

उनले भने, 'अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु ।  २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने  गर्दछ ।' 

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गरेका छन् । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ ।

अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन् । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उनीसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन् । 

मासिक ८२ हजारको जागिर छाडेर आएँ
खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे । उनले भने 'दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।' 

रु सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै रु ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन् । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन् । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए । 'घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ', उनले भने, 'गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।' 

व्यवसायका लागि उहाँले श्रीमतीका साथ पाइरहेका छन् । 'विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ', खत्रीले भने, 'अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।' उनले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए ।

घाँखखेती गर्नका लागि उनले कतैबाट पनि अनुदान लिएका छैनन् । 'अनुदानले मानिसलाई परनिर्भर गराउँछ', उनी भन्छन्, ' सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।' जग्गाको भाडामात्र वार्षिक रु एक लाख बुझाउने उनले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताए । रासस

ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न- तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो ?

इकागज | असार ४, २०८१

काठमाडौँ - राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक  तथा पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपा...

राजस्वका सीमा, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | असार ४, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित ग...

मध्यपहाडी लोकमार्ग : निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

इकागज | असार ४, २०८१

खोटाङ- दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पु...

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

इकागज | असार ३, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल ...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

इकागज | असार ३, २०८१

काठमाडौँ- विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता ग...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

इकागज | असार ३, २०८१

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वव...