प्रमुख समाचार

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

इकागज | असार १, २०८१

जलेश्वर- महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सार अगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।

जलेश्वर भन्सार कार्यालयको रु एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः रु ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।

विश्व सम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् ।

थारू भाषाको लिपिको विषयमा एउटा निष्कर्ष निकाल्न आवश्यक छ : मन्त्री चौधरी

इकागज | असार १, २०८१

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू भाषा, संस्कृतिको संरक्षण गर्न सा...

सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ  : अर्थमन्त्री पुन

इकागज | असार १, २०८१

ललितपुर- अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार...

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

इकागज | असार १, २०८१

गलेश्वर (म्याग्दी)- पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ...