प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | असार १, २०८१

काठमाडौँ- हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरुमा, बागमती  प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम  वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश र बागमती  प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त ...

काँग्रेसमाथि चौतर्फी आक्रमण हुन थाल्यो, पार्टी छाडेकाहरू घर फर्कनुस् : डा. शेखर

इकागज | जेठ ३२, २०८१

जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समय...

काठमाडौं महानगरले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न प्रबन्ध मिलाउने

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । शुक्रवार काठमाडौँ महा...

भक्तपुरमा सार्वजनिक बिदाको दिन पनि खुल्छन् यी सरकारी कार्यालय

इकागज | जेठ ३२, २०८१

भक्तपुर- बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्र...

ताप्लेजुङ पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग

इकागज | जेठ ३२, २०८१

काठमाडौँ - नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्ष...