प्रमुख समाचार

प्रतिनिधि सभा बैठक : तीन मन्त्रालयका विनियोजन विधेयकमा छलफल हुने

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा आज पनि बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ। 

आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो।  हिजो सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। 

स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग राष्ट्रपति पौडेलले भने- स्वीस सरकारको सहयोगले नेपालीको मन जितिरहेको छ

इकागज | जेठ ३१, २०८१

स्वीजरल्याण्ड, (जेनेभा)- राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड...