प्रमुख समाचार

राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम हो : प्रमुख सचेतक बर्तौला

इकागज | जेठ २९, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने  उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने  धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिट्टै सदनमा जानकारी गराउने बताए । 

किसानको ४ अर्ब दुधको पैसा छिटो भुक्तानी गर्न सरकारलाई दीपक सिंहको माग

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक सिंहले हावाहुरीबाट क्षति पुगेका किसानलाई राहत उ...

तोसिमाको प्रश्न - अस्पतालहरूले विपन्‍न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निशुल्क सेवा कहिले दिन्छ ?

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सरकारी अस्पतालले विपन्न नागरिकलाई ...

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

इकागज | जेठ २९, २०८१

काठमाडौँ - राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर...

बर्दिवास हात्तीलेटवासी भन्छन्- ‘मध्यरातमा अब डोल र गाग्री बोकेर इनारतिर जानु पर्दैन’

इकागज | जेठ २९, २०८१

महोत्तरी- महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहा...