प्रमुख समाचार

बस र पिकअप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते

इकागज | जेठ २९, २०८१

कपिलवस्तु- कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। 

बिहान ५:३० बजे काठमाडौंबाट  सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए।

घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए।

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

इकागज | जेठ २८, २०८१

काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्...

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री महासेठ

इकागज | जेठ २८, २०८१

काठमाडौँ- बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खो...