प्रमुख समाचार

प्रधानमन्त्री कप भलिबल लिग

पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी

इकागज | जेठ २६, २०८१

काठमाडौँ- आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो । फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको छ । 

खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो । त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो । 

त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो । पुलिस क्लबले एभरेस्टलाई ३-२ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५-२१ ले र दोस्रो सेट पनि २५-२३ ले जितेको थियो । 

तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०-२५ र २०-२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो ।  पाँचौं सेटमा पुलिसले १५-१२ ले विजयी हुँदै उपाधि जितेको थियो ।

उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन् । 

गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छ : मन्त्री तामाङ

इकागज | जेठ २६, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्रा...

काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

इकागज | जेठ २६, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालि...

वीरगञ्जमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

इकागज | जेठ २६, २०८१

वीरगञ्ज- वीरगञ्जमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तीब्र रुपमा अघि बढेको छ । ५० हेक्...

टी-ट्वान्टी विश्वकपः श्रीलंकालाई हराउँदै बंगलादेशको विजयी सुरुवात

इकागज | जेठ २६, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा बंगलादेशले विजयी सुर...

शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

इकागज | जेठ २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने...