प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

इकागज | जेठ २४, २०८१

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बोलाइएको छ ।

आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ ।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दैछिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

प्रचण्डसँग टेलिफोन वार्तापछि मोदीले भने- हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्‍न सहमत भयौँ

इकागज | जेठ २४, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ट...

अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते सर्वोच्चले फैसला सुनाउने

इकागज | जेठ २३, २०८१

काठमाडौँ - सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने ...

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ : उपप्रधानमन्त्री लामिछाने

इकागज | जेठ २३, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सर...