प्रमुख समाचार

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले फोन गरेर दिए उच्च मनोबलका साथ खेल्न शुभकामना

इकागज | जेठ २२, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

नेपालले टी-२० विश्वकप अन्तर्गत आज राति ९:१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।

र, यो पनि

उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ २२, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रि...

बागलुङमा बसाइँसराइले गाउँ रित्तिन थालेपछि १४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

इकागज | जेठ २२, २०८१

ढोरपाटन (बागलुङ)- बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको ...

काठमाडौँ महानगरले टी- २० विश्वकप टुँडिखेल, तीनकुने र हाँडीगाउँमा निशुल्क देखाउने

इकागज | जेठ २२, २०८१

काठमाडौँ- ‘टी- २० विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, ती...

नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाइयो

इकागज | जेठ २१, २०८१

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई &lsquo...