प्रमुख समाचार

मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

इकागज | जेठ १४, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजारलाई राहत दिन सक्ने गरी उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिँदै प्रकोपपछि तत्कालै उद्धार र राहतका लागि तयारी गर्नुपर्ने बताए ।

गृहमन्त्री लामिछानेले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एक साताभित्र जनशक्ति परिचालन गरी नागरिकलाई सुसूचीत गराउने काममा लाग्न पनि निर्देशन दिए । उनले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामग्री अभाव भए खरिद कार्य अघि बढाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूले मनसुन पूर्व तयारी र प्रतिकार्यका लागि गरिएको तयारीका बारेमा जानकारी गराएका थिए । 

बालुवाटारबाट निस्किएपछि पौडेलले भने- कांग्रेस सहमतिको पक्षमा रहेनछ

इकागज | जेठ १४, २०८१

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको ...

महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?

इकागज | जेठ १४, २०८१

काठमाडौँ - नयाँ सडक -न्यूरोड_क्षेत्रमा पहिले सवारी पार्किङ गर्ने गरिएको भागबाट  पार्किङ प्रयोजन हटा...

कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्तिप्रति महजाेडीले मागे माफी

इकागज | जेठ १४, २०८१

काठमाडौं - वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्...

सामाजिक सुरक्षा भत्ता लिनेको संख्या बढ्‌यो : ३८ लाख नेपालीलाई भत्तामै सकिन्छ ३ खर्ब

इकागज | जेठ १४, २०८१

काठमाडौँ- सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वा...

चक्रवात रेमाल : बंगलादेशको तटीय क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सारिँदै

इकागज | जेठ १४, २०८१

काठमाडौँ- चक्रवात रेमालले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् ...