प्रमुख समाचार

अध्यक्ष ढकालले भने- बजेट स्वागतयोग्य

इकागज | जेठ १५, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट  लगानीमैत्री आएको प्रतिक्रिया दिए ।

महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए । 

'महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवर्द्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्,' उनले भने, 'महासङ्घको माग अनुसार नै निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।'

बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ ।

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' का लागि ८७ करोड बजेट

इकागज | जेठ १५, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन्...

गृहमन्त्री रविको घोषणा : महिनावारी हुँदा महिला ट्राफिकले चार दिन सडकमा डिउटी गर्नु नपर्ने

इकागज | जेठ १५, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड...

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ १५, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्...