प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | जेठ १७, २०८१

काठमाडौँ- नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशकालगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी,मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ । 

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

संसदीय दलका नेताको आधिकारिकतामा विवाद उठाउँदै सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार

इकागज | जेठ १६, २०८१

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्यहरूले आफ्नो ...

सडक डिभिजनले महानगरलाई भन्यो - दुई दिनभित्र सडक नबनाए कानुनी कारबाही गर्छौं

इकागज | जेठ १६, २०८१

काठमाडौँ - सडक डिभिजन काठमाडौँले न्यूरोड क्षेत्रमा बिगारेको सडक बनाउन काठमाडौँ महानगरपालिकालाई पत्राच...

भारत र बंगलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

इकागज | जेठ १६, २०८१

कलकत्ता - बङ्गलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तीमा पैसट्ठी ज...

सिन्धुपाल्चोक पुगेर प्रचण्डले भने - जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु

इकागज | जेठ १६, २०८१

सिन्धुपाल्चोक - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको...

टी-ट्वान्टी विश्वकपको उद्घाटन खेल हुने स्टेडियम भीषण आँधीले प्रभावित

इकागज | जेठ १६, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रे...

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा विश्वव्यापी फैलियो : प्रधानमन्त्री प्रचण्ड

इकागज | जेठ १६, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्ष...