प्रमुख समाचार

अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियो : माधव नेपाल

इकागज | जेठ १८, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रबिन्दूमा राख्न सक्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । 

राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए ।  अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरि आएको धारणा राखे । 

उनले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुर्याउँदै संवेदनशील हुनुपर्ने बताए । 

सहकारी रकम हिनामिनाको आरोपमा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

इकागज | जेठ १८, २०८१

नवलपरासी -  छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई ...

नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द, अब जुन ४ मा विश्वकप खेल्ने

इकागज | जेठ १८, २०८१

काठमाडौँ- आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द भएको छ । अमेरि...