प्रमुख समाचार

नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द, अब जुन ४ मा विश्वकप खेल्ने

इकागज | जेठ १८, २०८१

काठमाडौँ- आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द भएको छ ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपनि खेल हुन सकेन ।

नेपालले यस अघि पहिलो वार्मअप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो ।

अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ । 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह 'डी' मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्‌स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

काठमाडौँमा चट्याङसहित हावाहुरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

इकागज | जेठ १७, २०८१

काठमाडौँ- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्र...

संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

इकागज | जेठ १७, २०८१

काठमाडौँ - संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएक...