प्रमुख समाचार

कोलकातामाथि चेन्नईको सहज जित

इकागज | चैत २७, २०८०

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेन्नईले कोलकातालाई ७ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो ।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकाताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकाताको ६ अंक रहेको छ ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा

इकागज | चैत २६, २०८०

वीरगन्ज- वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अन...

रास्वपाले भन्यो - कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं

इकागज | चैत २६, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको ...

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

इकागज | चैत २६, २०८०

तुलसीपुर (दाङ)- तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक व...

प्रदीप पौडेलको प्रश्न- निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ?

इकागज | चैत २६, २०८०

काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानब...