प्रमुख समाचार

सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानुनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । त्यसैगरी देशभरका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकमा लगानी सम्मेलनका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरी सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन् ।​ उनले लगानी सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको समेत जानकारी दिइन् ।

नाम परिवर्तनका लागि काठमाडाैँ महानगरका दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जार...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख १३, २०८१

तनहुँ - व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना...

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र स...

बजेटबारे ७ पूर्वअर्थमन्त्रीले अर्थमन्त्री पुनलाई के-के दिए सुझाव ?

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझा...

काठमाडौँका ९२२ जना महिलाको क्यान्सर परीक्षण : ७७९ जनाको रिपोर्ट निस्किँदा २६ जनामा पोजेटिभ

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गर...