प्रमुख समाचार

इलाम कांग्रेसले उपनिर्वाचनका लागि गर्‍यो उम्मेदवार सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा

इकागज | चैत ६, २०८०

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ ।

क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले दिएको जानकारी अनुसार  बैठकले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इदिङ्गोका अनुसार दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरिएको छ । यस्तै क्रमश: जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङदेनको नाम सिफारिस भएको छ ।

बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।

'यी नामहहरूमा जिल्ला र प्रदेश कार्यसमिति राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,' उनले भने, 'पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौं ।'

इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको देहावसान भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

जब प्राध्यापकले 'मिसबिहेभ' गरेपछि सोभिताले हत्याको योजना बुनिन्...

इकागज | चैत ६, २०८०

काठमाडौँ- सोमबार १६ वर्षअघि मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्नको आ...

नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि वातावरण बनाइदिन आग्रह

इकागज | चैत ६, २०८०

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आई...

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसको माग

इकागज | चैत ६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन ...

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा कांग्रेसको विरोध

इकागज | चैत ६, २०८०

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबा...