प्रमुख समाचार

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

इकागज | साउन ३०, २०८१

काठमाडौँ - चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिइन् । 

उनले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताइन् । आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो । 

यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । 

आयोगले चिकित्सा शिक्षा स्नातक तहतर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ । 
 

‘कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’

इकागज | साउन ३०, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने ...

'माओवादी जनयुद्ध' भन्नु पर्‍यो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड

इकागज | साउन ३०, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छ...

संक्रमणकालिन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको बिषय : ओली

इकागज | साउन ३०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी का...

सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न कर्मचारीहरूलाई अर्थमन्त्री पौडेलको निर्देशन (भिडियो)

इकागज | साउन ३०, २०८१

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्...

सुनको मूल्य घट्यो

इकागज | साउन ३०, २०८१

काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक ल...

डलर १३४, युरो १४७ रूपैयाँमा हुँदैछ बिक्री, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज | साउन ३०, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनु...