प्रमुख समाचार

प्रस्तावित राजदूत भट्टराईले स्नातकको प्रमाणपत्र पेस गर्न नसकेपछि...

इकागज | असोज ८, २०८१

काठमाडौँ - श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।

भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् ।

समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार  र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।

समितिले प्रस्तावित १७ राजदूतमध्ये ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो । 

परराष्ट्रमन्त्री राणाद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

इकागज | असोज ८, २०८१

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा ...

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

इकागज | असोज ८, २०८१

रौतहट- पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस...

त्रिविको निर्णय : सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द हुने

इकागज | असोज ८, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर दिने भएको ...

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

इकागज | असोज ८, २०८१

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्क...