प्रमुख समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

इकागज | भदौ ३१, २०८१

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

सदन सञ्‍चालन गर्नेबारे सभामुख घिमिरेले गरे दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

इकागज | भदौ ३०, २०८१

काठमाडौँ - प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख स...

चितवनमा बजार घट्दा र कम गुणस्तरका इँटा प्रयोग हुँदा ४४ इँटा उद्योग बन्द

इकागज | भदौ ३०, २०८१

चितवन- गुणस्तरीय इँटा उत्पादन हुँदै आएको चिनवनका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँट...

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

इकागज | भदौ ३०, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्...

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

इकागज | भदौ ३०, २०८१

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको...