प्रमुख समाचार

ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

इकागज | साउन ६, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।

नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’

इकागज | साउन ६, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थ...

कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता हो : मन्त्री पाण्डे

इकागज | साउन ५, २०८१

​काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस-एमालेबीचको सहकार्य रहर ...

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

इकागज | साउन ५, २०८१

काठमाडौँ- द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरि...

दोलखा भीमसेनमा पसिना

इकागज | साउन ५, २०८१

दोलखा- दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १:४...

कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्‍नका लागि मात्रै होइन : प्रदीप ज्ञवाली

इकागज | साउन ५, २०८१

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्...

फ्रेस केटीएम एग्रो प्रालिले रौतहटस्थित एकीकृत एग्रो कृषि फार्ममा लगायो धान [भिडियोसहित]

इकागज | साउन ५, २०८१

काठमाडौँ- फ्रेस केटीएम एग्राो प्रा.लि. ले धान खेती गरेको छ । प्रा.लि.ले रौतहतस्थित एकीक...