प्रमुख समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : चार महिनादेखि प्राध्यापकले तलब नपाउँदा पठनपाठन ठप्प

इकागज | मंसिर ८, २०८०

मनहरी (मकवानपुर)- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै  विरोधमा उत्रिएपछि १५ दिनदेखि  पठनपाठन ठप्प भएको हो ।

बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको दन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने,“प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । ” 

उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन  ठप्प छ ।  । अध्यक्ष सापकोटाले भने, “प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ  ।” प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै  पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ । रासस

दुर्गा प्रसाईं समूहको बल्खु प्रदर्शनमा कति भए घाइते ? कहाँ हुँदैछ उपचार ?

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद

इकागज | मंसिर ७, २०८०

काठमाडौँ - त्रिभुवन विशवविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई दुई वर्ष कैद हुने भएको छ...

खैरहनीका प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

इकागज | मंसिर ७, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ ...

तोसिमा कार्कीको सुझाव : लडेर शक्ति बर्बाद नगर्नुस्, अस्थायी टहरा बनाउन जाजरकोट आउनुस्

इकागज | मंसिर ७, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद तोसिमा कार्कीले आ-आफै लडेर शक्ति बर्बाद नगर्न प्रदर्...