प्रमुख समाचार

ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएन

इकागज | असोज ८, २०८१

वीरगञ्ज (पर्सा)- जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिए । “पर्साको १४ पालिकामध्ये तीन वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैनन”, उनले भने, “अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी छन् ।”

वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ । यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ । 

कार्यालयका अनुसार जिल्लामा आव २०८०/८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रतिएक लाखमा १६ दशमलव तीन जना रहेका छन् । त्यस्तै आव २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव छ जना रहेको छ ।

आव २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रतिएक लाख जनामा १७ दशमलव एक जना छन्  । त्यसैगरी आव २०७९/८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा. साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताए । रासस

त्रिविको निर्णय : सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द हुने

इकागज | असोज ८, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर दिने भएको ...

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

इकागज | असोज ८, २०८१

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्क...

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

इकागज | असोज ८, २०८१

अमेरिका- संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्र...

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय - राष्ट्रपति पौडेल

इकागज | असोज ७, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगद...