प्रमुख समाचार

नेपाली क्रिकेट विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको छ : पारस खड्का

इकागज | साउन २, २०८१

काठमाडौँ- ​नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको बताएका छन् ।

बुधबार काठमाडौँमा सीजी फुड्स नेपाल लिमिटेडद्वारा आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको भन्दै विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

नेपालले विश्वकपमा व्यहोरोको हार दु:खद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनले बताए । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई निराशा हुन नदिन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको जिकिर गरे । अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे ।

कार्यक्रममा वाइवाइले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । 

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : मन्त्री भट्टराई

इकागज | साउन २, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्या...

प्रचण्डलाई बाबुरामको आरोप : ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !

इकागज | साउन २, २०८१

काठमाडौँ- डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि आरोप लगाउ...

गृहमन्त्री लेखकले भने- प्रहरी ऐन संशोधनको प्रस्ताव छिट्टै संसद्‌मा पुर्‍याउँछु

इकागज | साउन २, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२' सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्...