प्रमुख समाचार

सङ्घीय संसद् भवन निर्माणलाई गति दिन सभामुखको आग्रह

इकागज | भदौ २०, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन् । सिंहदरबार परिसरमा निर्माणमा रहेको सङ्घीय संसद् भवनको आज स्थलगत निरीक्षण गर्नुहुँदै सभामुख घिमिरेले तोकिए अनुसार काम नभएको पाइएपछि गति दिन आग्रह गरेका हुन् ।

आगामी चैतको पहिलो साताभित्र सो भवनको निर्माण सम्पन्न गर्ने समयसीमा रहेको भए पनि अपेक्षित प्रगति नभएको पाइएपछि उहाँले निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए । भवन निर्माणका सम्बन्धमा कुनै समस्या वा जटिलता भए सरकारसँग समन्वय गर्न, कामलाई गति दिने गरी जनशक्ति थप गर्न सभामुखले ध्यानाकर्षण गराए ।

 त्यसैगरी अवसरमा उपसभामुख इन्दिरा राना मगर र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसहितको टोलीले भवनको समग्र अवस्थाबारे स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो ।

कूल एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवनमा अत्याधुनिक सबै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको भए पनि अपेक्षित प्रगति हुन नसकेको गुनासो छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले समग्र भवन निर्माणको बारेमा जानकारी गराउँदै गत असार मसान्तसम्म भौतिक प्रगति ८० प्रतिशत माथि पुगेको बताए ।

उनका अनुसार हाल भवनको छानाको काम पूरा भएको, विद्युत् जडान र अन्य काम भइरहेको रहेको छ । आगामी चैतको पहिलो सातासम्म भवन निर्माण सम्पन्न गर्न यसअघि नै सरकारले निर्माण व्यवसायीलाई आग्रह गरिसकेको छ । -रासस

 

स्वास्थ्य बीमा प्रभावकारी बनाउन एकीकृत प्रणाली विकास गर्नुपर्छ- मन्त्री पौडेल

इकागज | भदौ २०, २०८१

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्...

बैङ्किङ कसुरसम्बन्धी विधेयक : पीडितलाई न्याय हुने गरी कानुनी प्रबन्ध गर्न सांसदहरु सहमत

इकागज | भदौ २०, २०८१

काठमाडौँ- चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले ...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

इकागज | भदौ २०, २०८१

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बता...

प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने- जनताको राउण्ड किक् कस्तो हुन्छ तिनले देख्नेछन्

इकागज | भदौ २०, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले ...

कञ्चनपुर पुगेर गृहमन्त्री लेखकले भने- निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ

इकागज | भदौ २०, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।...

त्रिविको दीक्षान्त समारोहमा भाग लिनेहरूले असोज २० गतेसम्म आवेदन दिनुपर्ने

इकागज | भदौ २०, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा भाग लिनेहरूलाई अनलाइन फार...